आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नौबिसे साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

नौबिसे साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

नागरिक पाटी

६, पौष २०८०
  • 5.4K
    SHARES
  • नौबिसे साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

    नौबिसे साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थका अध्यक्ष सुनिता घिमिरेको अध्यक्षतामा धुनिबेशी ८ खानिखोलामा सम्पन्न साधारण सभाले सहकारी को आर्थिक वर्ष २०७९–८० को प्रगती प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

    images

    सहकारीका अध्यक्ष सुनिता घिमिरेले पेश गर्नुभएको प्रगति प्रतिवेदन अनुसार सहकारीले पशुपालन कर्जा, ग्रामिण उद्यमशिल कर्जा, लघु उद्यम कर्जा लगायतका कर्जा मार्फत सदस्यक कृषकहरुलाई लाभ दिइरहेको उल्लेख गरिएको छ ।

    साविक नौबिसे गाउँविकास समिति हालको धुनिबेशी नगरपालिकाको वार्ड नं ६,७,८,९ कार्यक्षेत्र रहेको सहकारीमा हाल १५६२ शेयर सदस्य, १ करोड ७७ लाख शेयर रकम र २५ करोड ५२ लाख लगानिमा रहिरहेको ऋण रहेको सहकारीले २०८० को असार मसान्तमा १ करोड २० लाख रकम नाफा गरेको छ ।

    nau.jpg

    साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ, साना किसान विकास लघुवित्त वित्तिय संस्था लि का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठकको प्रमुख आतिथ्यता, धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभामा सहकारीको कार्यक्षेत्र भित्रका वडाका अध्यक्षहरु, जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, साना किसान जिल्ला सहकारी संघका अध्यक्ष रंग थपलिया, धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटा, धुनिबेशी नगरपालिका कृषि तथा पशु सेवा शाखाका प्रमुखहरु, सहकारी शाखाका प्रतिनिधि, छिमेकि साना किसान र अन्य सहकारीका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खेम बहादुर पाठकले साना किसान अभियानले देशै भरि फरक ढंगले कृषक केन्द्रित कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै कृषकका लागि सहुलियत प्रदान गर्न विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय दातृ निकाय संग सहकार्य गरिरहेको र कृषकले गाउँ गाउँमा उत्पादन गरेका कृषि उपजको अन्तराष्ट्रिय बजारिकरणका लागि आफुहरु प्रयासरत रहेको बतउँदै कृषकहरुलाई निश्चिन्त भएर व्यवसायिक कृषिमा लाग्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि एवं धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले साना किसान कृषि सहकरी संगको साझेदारी नगरको सदैब प्राथमिकतामा रहेको बताउँदै सहकारीको विकासका लागि नगरपालिका निरन्तर लागिरहने बताउनुभयो ।

    कार्यक्रमका उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतलाई धन्यवाद दिदै सहकारीका अध्यक्ष सुनिता घिमिरेले साना र पछाडि पारिएका कृषकको व्यवसायिक उत्थानका लागि सहकारी सदैब लागिरहने प्रतिवद्धता व्यक्त गनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - २१:१९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology