आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साना किसान सलाङले मनायो साधारण सभा, एक लाखको हिरो सम्मान सहित सदस्यलाई पुरस्कार वितरण

साना किसान सलाङले मनायो साधारण सभा, एक लाखको हिरो सम्मान सहित सदस्यलाई पुरस्कार वितरण

शिवराज आचार्य

८, पौष २०८०
  • 12.6K
    SHARES
  • साना किसान सलाङले मनायो साधारण सभा, एक लाखको हिरो सम्मान सहित सदस्यलाई पुरस्कार वितरण

    धादिङ । साना किसान कृषि सहकारी संस्था लिमिटेड सलाङ सिद्धलेक ४ धादिङको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्लि पाठकको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्ष पाठकको वार्षिक प्रगति प्रतिवेदन, संस्थाका प्रवन्धक गोपाल सिलवालको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक पदमराज सिलवालको आन्तरिक लेखा प्रतिवेदनका साथै संस्थाको वाह्य लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

    images

    c-1024x682.jpeg

    साधारण सभाले यसै वर्ष देखी एक लाख नगद राशिको कृषि हिरो पुरस्कार वितरणको सुरुवात गरेको छ । सहकारीका सदस्य मध्य उत्कृष्ट सदस्यलाई उक्त सम्मान प्रदान गरिने सहकारीेले जनाएको छ ।
    कृषि हिरो सम्मान बाट साधारण सभाका प्रमुख अतिथि धादिङ क्षेत्र नं १ का संघिय सांसद तथा बागमती प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले सिद्धलेक २ का बिरबहादुर सिलवाललाई सम्मानित गर्नुभएको छ ।
    सम्मानित सिलवालले आफुले पाएको सम्मानबाट आफुलाई काम गर्ने थप उर्जा प्राप्त भएको र आगामि दिनमा खेतीलाई विस्तार गर्ने बताउनु भयो ।


    सलाङ साना किसान कृषि सहकारी संस्थाले २०८० असार मसान्त सम्मामा सहकारीको तरकारी तथा दुध संकलन केन्द्रमा सबै भन्दा बढि उत्पादन विक्रि गर्ने कृषकहरुलाई नगद पाँच पाँच हजारका दरले पुरस्कृत गरेको छ । त्यस्तै सहकारीले उत्कृट अन्तर समुहका अध्यक्षहरु, उत्कृष्ट बचतकर्ता, शेयर लगानिकर्ता लगायतलाई समेत सम्मान गरेको छ ।
    सदस्य सम्मान, प्रोत्साहन, साधारण सभा तथा अन्तर समुह उत्प्रेरणा लगायतका लागि सहकारीले हरेक वर्ष विसौं लाख रुपैया सदस्य सम्म पुर्याउने गरेको सहकारीका अध्यक्ष डिल्ली पाठकले बताउनु भयो ।


    सानाकिसान कृषि सहकारी संस्था लिमिटेड सलाङको साधारण सभालाई सम्वोधन गर्नुहुदै धादिङ क्षेत्र नं १ का संघिय सांसद राजेन्द्र प्रसाद पाण्डेले सलाङ सानाकिसान कृषि सहकारीले कुनै गाउँपालिकाको कृषि शाखाले सञ्चालन गर्ने गरेको कृषिका कार्यक्रम भन्दा बढि काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सहकारीले कृषकको कृषि उपजको न्यूनतम समर्थन मुल्य तोकेर कृषकका उत्पादन खरिद गर्ने गरेकोले यस्ता कृया कलापले कृषकलाई थप सक्षम अनि व्यवसायि बनाउन मद्दत गरेको बताउनु भयो ।
    सहकारीको साधारण सभामा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, साना किसान जिल्ला सहकारी संघका अध्यक्ष रंग थपलिया, संस्थाको कार्यक्षेत्र भित्रका पालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न छिमेकि सहकारीका अध्यक्ष एवं प्रवन्धकहरु लागायतको उपस्थिति रहेको थियो ।

    असार २०८० सम्ममा ३ करोड ७५ लाख शेयर पुँजि, २५ करोड २० लाख बचत रकम संकलन गर्दै ४८ करोड १६ लाख रकम कृषकहरुमा ऋण परिचालन गर्दै कूल १५ करोड ७३ लाख आम्दानी गरेको छ भने सम्पूर्ण खर्च पछि सहकारीको खुद नाफा रकम १ करोड ४४ लाख रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


    धादिङ जिल्लामा मात्र नभई देशै भरिका सानाकिसान कृषि सहकारी संस्थाहरुमै नमुना काम गरि विभिन्न राष्ट्रिय पुरस्कार बाट समेत सम्मानित सलाङ साना किसानले सदस्यको जन्म देखी मृत्यु सम्ममा आफुलाई संग संगै उभ्याउने गरेको छ ।

    सदस्य कृषक मात्र नभई कृषकले पालेका पशुवस्तुलाई समेत पोषण भत्ता उपलव्ध गराउने सहकारीले असार २०८० सम्ममा पोषण भत्ता बापत १०६६ जना कृषकले पालेको २२७४ वटा पशु वस्तुलाई ५ लाख ८७ हजार रुपैया पोषण भत्ता प्रदान गरेको छ भने १४ करोड २८ लाख रुपैमा पशु पालनमा मात्र लगानी रहेको छ ।

    a.jpeg
    ३०८ वटा समुहमा आवद्ध १७२६ सदस्यहरु रहेको सहकारीले साधारण सभा मार्फत २०८१ असार सम्म सहकारी मार्फत सञ्चालन गर्ने गरि सयौ उप शिर्षक समेत गरि कुल २५ वटा शिर्षकमा विभिन्न कार्यक्रम हरु संचालन गर्ने योजना समेत पारित गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०८:१०:३६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology