आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैंकहरूको खुद नाफा १० प्रतिशतले घट्यो

बैंकहरूको खुद नाफा १० प्रतिशतले घट्यो

नागरिक पाटी

७, माघ २०८०
  • 2.9K
    SHARES
  • बैंकहरूको खुद नाफा १० प्रतिशतले घट्यो

    चालू आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा घटेको छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशत घटेको हो । तथ्याङ्क अनुसार पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुसमा बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएका थिए ।

    images

    गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा ९.९४ प्रतिशत अर्थात् ३ अर्ब १७ करोड रुपैयाँ घटेको हो ।अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआएको बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरूको वित्तीय विवरण नकारात्मक रहेकाले सेयरधनीहरूलाई निराश बनाएको छ ।

    पछिल्लो समय ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने घटेकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको भनाइ छ । साथै, अघिल्ला वर्षहरूमा जथाभाबी लगानी बिस्तार गरेकाले बैंकहरूको खराब कर्जाको अनुपात पनि बढेको छ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ९डीसीईओ० महेश शर्मा ढकाल तरलता प्रयाप्त भए पनि कर्जाको माग शून्य रहेको हुँदा वित्तीय विवरण उत्साहजन नआएको बताउँछन् । अर्थतन्त्र सुधारोन्मुख भए पनि अझै चलायमान नहुँदा रिकभरीमा समेत दबाब परेकाले दोस्रो क्वार्टर पनि चिन्ताजनक रहेको उनको भनाइ छ ।

    खराब कर्जा बढेर प्रोभिजनिङ बढेका कारण नाफामा असर गरेको नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले बताए ।समीक्षा अवधिमा तीन वटा बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफा घटेको छ । हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा बढेको देखिन्छ । हिमालयन बैंकको ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १३:५४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology