आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैंकहरूले दिने कर्जाको ब्याजदर घट्दै

बैंकहरूले दिने कर्जाको ब्याजदर घट्दै

नागरिक पाटी

११, माघ २०८०
  • 3.1K
    SHARES
  • बैंकहरूले दिने कर्जाको ब्याजदर घट्दै

    पछिल्लो एक वर्षमा बैंकहरुले ग्राहकलाई दिने ऋणको ब्याजदर १.३२ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेको हो। गत वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) १०.७३ प्रतिशत थियो। जुन चालू आवको पुस मसान्तसम्म आइपुग्दा १.३२ प्रतिशतले घटेर ९.४१ प्रतिशतमा आएको छ।

    images

    सामान्यतया निक्षेपको ब्याज घट्दा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा पर्छ । किनकि निक्षेपको ब्याज घट्दा बैंकको लागत ९खर्च० पनि घट्छ, यसले आधार ब्याजदर कम हुन्छ । बेस रेट कर्जाको ब्याज निर्धारण गर्ने आधार हो । यो घट्दा कर्जाको ब्याजदर पनि घट्छ भने बढ्दा बढ्छ।

    बैंकहरुले ऋण दिँदा बेस रेटमा शून्यदेखि अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तोक्ने गर्दछन्। यद्यपि, जुन बैंकको बेस रेट कम हुन्छ, सोही बैंकबाट ऋणलाई कर्जा लिँदा ब्याजदर सस्तो हुन्छ।

    २०८० पुस मसान्तसम्म आइपुग्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट सबैभन्दा कम ७.५६ प्रतिशत छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ८.२५ प्रतिशत, नेपाल बैंकको ८.५५ प्रतिशत, एभरेष्ट बैंकको ८.८७ प्रतिशत र कृषि विकास बैंकको बेस रेट ८.८२ प्रतिशत छ।

    अन्य वाणिज्य बैंकहरुको बेस रेट भने न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.५९ प्रतिशतसम्म छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक दर र नीतिगत दर तथा निक्षेप संकलनको बोलकबोल दर पनि घटाएको छ।

    अपेक्षाअनुसार ब्याजदर नघटिरहेको भन्दै राष्ट्र बैंकलाई चौतर्फी दबाब बढेपछि समीक्षामार्फत उल्लिखित दर घटाइएको हो ।

    अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। बजारमा पैसा धेरै भएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले धमाधम पैसा झिकिरहेको छ । यही कारण अब कर्जाको ब्याजदर झनै घट्ने बैंकरहरूको दाबी छ ।

    राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थासँग हाल ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी छ ।वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि अपेक्षित रूपमा कर्जाको माग बढेको छैन। यहीकारण अन्तरबैंक ब्याजदर बढ्न सकेको छैन भने तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तानिरहेको छ । यसले पनि आगामी समयमा ब्याजदर घट्ने देखाउँछ। 

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १४:२४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology