आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आरम्भ चौतारी लघुवित्तको नाफा ३९ प्रतिशत घट्यो

आरम्भ चौतारी लघुवित्तको नाफा ३९ प्रतिशत घट्यो

नागरिक पाटी

१८, माघ २०८०
  • 3.2K
    SHARES
  • आरम्भ चौतारी लघुवित्तको नाफा ३९ प्रतिशत घट्यो

    आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा १ करोड २४ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६ लाख रुपैयाँ थियो ।

    images

    कम्पनीको ब्याज आम्दानी घट्दा खुद नाफामा असर परेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्षको सोही अवधिमा ३४ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा भने २ करोड ४६ लाख रुपैयाँ छ ।

    तत्कालीन आरम्भ र चौतारी लघुवित्त मिलेर बनेको यस कम्पनीको सेयर पूँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा छ ।

    कम्पनीको निष्क्रिय कर्जा सामान्य घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४।६७ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ४.६४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - ०९:४४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology