आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत दमौलीका ५० घरधनीले बुझे मुआब्जा

मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत दमौलीका ५० घरधनीले बुझे मुआब्जा

नागरिक पाटी

२५, फाल्गुण २०८०
  • 3.8K
    SHARES
  • मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत दमौलीका ५० घरधनीले बुझे मुआब्जा

    मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्ताबापतको मुआब्जा बुझेका छन्। सो क्षेत्रमा कुल ७० वटा घर भत्काउनुपर्नेछ। पहिलो किस्ता बापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन्।

    images

    पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ। हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ। डिजाइनअनुरुप सडक दायाँबायाँ २३/२३ मिटर चौडा हुनेछ। दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ। राजमार्गका क्षेत्रमा भने चार लेनको सडक बनाइनेछ।

    आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दुरीमा कालोपत्र गरिएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उक्त सडकअन्तर्गत चार लेनको बाह्र किमी र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको हो।

    पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दुरी छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो।

    उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ बैशाखसम्म रहेको छ। कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए।

    त्यसैगरी पश्चिम सडक खण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किमी दुरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य गरिएको छ। उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरी रहेको छ। उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ।

    पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए। विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - ०५:४३:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology