राजकुमार नेपाली
बिश्व बित्तीय सप्ताह (ग्लोबल मनिविक)को अवसरमा स्वावलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय धादिङबेशीले बित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिश्व बित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने उदेश्यले हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा लघुवित्तले साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
“आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ” भन्ने मुुल नारा सहित धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पशुपति माबिमा कक्षा ११ र १२ का विद्यार्थीलाई सम्मिलित गरि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा धादिङबेशी शाखाका शाखा प्रमुख रमेश प्रसाद पोख्रेलले बिध्यार्थी समाजको ऐना भएकाले उनिहरुमा बित्तीय जागरण ल्याउन सके देशले राम्रो आर्थिक विकासमा फड्को मार्ने बताउनुभएको छ ।
देशमा बढ्दो आर्थीक संकटको भार पर्नुमा बित्तीय चेतनाको कमि भई कर्जा सदुपयोग नभएको समेत दाबी गर्नु भएको छ । समाजमा बित्तीय जागरण ल्याउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रमको सहजिकरण गर्दै कार्यक्रममा बित्तीय साक्षरताका सम्बन्धमा बित्तीय संस्थाका सेवाहरु, डिजिटल बैंकिङ सेवा, कर्जा, निक्षेप, बित्तीय अनुुशासन, बिमा, लगायत अन्य बिषयका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
उहाँले कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थाीलाई बचतको महत्व, बचत गर्दा भविष्यमा हुने फाइदा, डिजिटल बैंकिङ गर्दा अपनाउन पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन जस्ता विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ५० भन्दा बढि बिद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो ।