आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एभरेष्ट बैंकको नाफा बढ्यो

एभरेष्ट बैंकको नाफा बढ्यो

नागरिक पाटी

७, बैशाख २०८१
  • 3.7K
    SHARES
  • एभरेष्ट बैंकको नाफा बढ्यो

    एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चैतमसान्तसम्मको वित्तीय विवरणअनुसार दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    images

    यो नाफा गत वार्षको सोही अवधिको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले दुई अर्ब ४६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    बैंकको खुद ब्याज आम्दानी बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले पाँच अर्ब ६३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले पाँच अर्ब ५८ करोड ७२ लााख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकले खराब कर्जा सन्तुलनमा राखेको देखिएको छ । गत वर्षको चैत मसान्तसम्म ०।७० प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा पनि ०.७० प्रतिशत नै कायम भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ७, २०८१ शुक्रवार - ०९:४८:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology