आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

नागरिक पाटी

७, बैशाख २०८१
  • 2.5K
    SHARES
  • ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

    images

    बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    विवरणअनुसार चैत मसान्तसम्म बैंकले १३ अर्ब दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकले खराब कर्जा बढ्दा नाफामा त्यसको प्रत्यक्ष असर देखिएको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.७४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा ३.९६ प्रतिशत थियो ।

    बैंकले चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले चैत मसान्तसम्म चार अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ७, २०८१ शुक्रवार - ०७:४९:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology