आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, यस्तो छ नयाँ कार्यसमिती

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, यस्तो छ नयाँ कार्यसमिती

नागरिक पाटी

३१, बैशाख २०८१
  • 3.2K
    SHARES
  • राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, यस्तो छ नयाँ कार्यसमिती

    शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ । अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए । मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट कलाकारहरु काठमाडौं आई सहभागी भएका छन ।

    images

    संघको शनिबार राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन् । कटवालको अध्यक्षतामा संघका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमेश दुलाल ९कागे०, कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ ९मिलन० निर्वाचित भएका छन् ।

    नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन ।

    यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् ।
    यसैगरी संघको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बि।सी।, ढक बहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी ९दिनेश०, यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन ।

    नयाँ कार्यसमितिमा उपमहासचिब, सचिव, सहसचिब र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए । निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन समितीले आइतबार बिहान पद तथा गोपनियताको सपथ खुवाएको छ ।

    पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए,‘कलाकारको हक हितमा नयाँ योजना, यस संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकाश बोर्ड स्थापनमा मेरो विशेष प्रथमिता रहन छ ।’ उनले भने ।

    यस अघि संघको उद्घाटन समारोह तथा १८ औं वार्षिक साधारणसभा कार्यवाहक अध्यक्ष प्रकाश कटवालको सभापतित्वमा शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो ।

    सो उदघाटन समारोहमा प्रमुख अतिथिग बरिष्ट संगीतकार शम्भुजीत बासकोटा सहित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतका अतिथि थिए ।

    कार्यक्रममा बरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, ग्रीनसिटिअस्पतालका अध्यक्ष एलबि टन्डन, साझासवाल मिडियाका सम्पादक अनिल अधिकारी, न्युजलाइन्स मिडियाका पत्रबार राजु भट्टसहित यस संघका विशेष सहयोगीहरुलाई सम्मानित गरिएको थियो ।
    उद्घाटन समारोहका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय संगीतकर्मी संघका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पुर्याएको बताए । कलाकारहरुको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रशंसनीय भएको बास्कोटाले बताए ।
    सो समारोहमा राष्ट्रिय संगीतकर्मी संघका महासचिब अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो संघमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाहरु आबद्ध रहेको बताए । आफु महासचिब हुँदाको अबस्थामा संघमा उल्लेख्य प्रगतिको कार्य भएको बताउँदै महासचिव खातिले सोबारे प्रकाश पारे ।

    कार्यक्रमका विशिस्ट अतिथि, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगालेले संघको १८ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।
    यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवशेनले कलाकारहरु जुटेर अघि बढ्न सक्छन भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । संघको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने जनाउदै प्रतिष्ठान र संघ एउटै आमाको दुई सन्तान भएको बताईन ।

    यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी र चन्द्र शर्माले पनि संघको १८ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।

    संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले आफु सँधै कलाकारहरुको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफुले त्यहाँका कलाकारको समस्या बुझेकाले ती समस्या समाधानको लागि क्रियाशिल रहेको जनाए । अहिले बजारमा संघबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफु एकताको पक्षमा रहेको कार्यवाहक अध्यक्ष कटवालले बताए । यो अधिवेशनब्स्स अध्यक्षको दावेदारी प्रस्तुत गरेका कटवालले आफु संघमा रहेर कलाकारहरुको सेवामा निरन्तर लागि पर्ने बताए ।

    उद्घाटन समारोहका शुभारम्भमा नौमती बाजाले अतिथिहरुलाई स्वागत गरिएको थियो । देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - ११:४४:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology