पञ्चवर्षीय योजनाले आगामी आर्थिक वर्ष २०८५र०८६ मा ७।३ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिएको छ।
हाल नेपालको आर्थिक वृद्धिदर ९२०७९र८०० ३.९ प्रतिशत छ। १६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सार्वजनिक गरिएको हो । आर्थिक वृद्धितर्फ चालू आर्थिक वर्ष ०८०र०८१ मा ३।९ प्रतिशत, ०८१र८२ मा ६ प्रतिशत, ०८२र८३ मा ६.६ प्रतिशत, ०८३र०८४ मा ७.४ प्रतिशत, ०८४र८५ मा ७।९ प्रतिशत र ०८५र०८६ मा ७।२ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। समग्रमा औसत आर्थिक वृद्धिदर ७।१ प्रतिशत कायम गर्ने १६औँ पञ्चवर्षीय योजनाको लक्ष्य छ।
त्यसैगरी पञ्चवर्षीय योजनाले आगामी अवधिमा हाल १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगका अनुसार हाल गरिबीको रेखामुनि रहेको जनसंख्या निरपेक्ष गरिबी० २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य छ।
त्यसैगरी उपभोक्ता मुद्रास्फीति ७।७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०.६०१ रहेकामा ०.६५० पुर्याउने, मानव सम्पत्ति सूचकांक ७६।३ रहेकामा त्यसलाई ७८ पुर्याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु ९जन्म हुँदाको० हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्यहरु पञ्चवर्षीय योजनामा राखिएकोे छ ।