आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशनमा सानिमा क्यापिटल नियुक्त

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशनमा सानिमा क्यापिटल नियुक्त

नागरिक पाटी

२८, आषाढ २०८१
  • 4.8K
    SHARES
  • प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशनमा सानिमा क्यापिटल नियुक्त

    प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन प्रयोजनार्थ सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टी नियुक्त गरेको छ।

    images

    बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८५ प्राइम डिबेञ्चर २०९१’ ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सो मध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२,००,००० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ।

    सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिनेछ। उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०८१ शुक्रवार - १९:३५:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology