आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने

नागरिक पाटी

३, श्रावण २०८१
  • 3.1K
    SHARES
  • ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

    images

    बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१-९२” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६-६ महिनाको अवधिमा हुनेछ ।

    उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको कुरा बिज्ञप्तीमा जनाइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०८१ बिहिवार - १८:२०:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology