आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिटिजन्स बैंकको नाफा २८ प्रतिशत घट्यो

सिटिजन्स बैंकको नाफा २८ प्रतिशत घट्यो

नागरिक पाटी

२०, श्रावण २०८१
  • 2.7K
    SHARES
  • सिटिजन्स बैंकको नाफा २८ प्रतिशत घट्यो

    सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा २७.९ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ थियो ।

    images

    खुद ब्याज आम्दानी सामान्य घट्नु र लोन लस प्रोभिजन बढ्दा कम्पनीको नाफामा प्रभाव परेको देखिन्छ । बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

    अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ८२ करोड रुपैयाँ थियो । लोन लस प्रोभिजनवापत बैंकले १ अर्ब ७६ करोड रुपैयाँ छुट्याएको छ । पहिले यस्तो रकम १ अर्ब २१ करोड थियो ।

    त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुगेको छ । पहिले यस्तो कर्जा ३.३९ प्रतिशत थियो । बैंकको नाफामा आएको गिरावटले प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा रहेकोमा अहिले ९ रुपैयाँ ४५ पैसामा झरेको छ । आधार दर जम्मा ८.२६ प्रतिशत छ ।

    असार मसान्तसम्म वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ छ । प्रतिसेयरमा वितरण गर्न मिल्ने नाफा ४ रुपैयाँ ३४ पैसा छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १०:३८:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology