आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिमालयन रि इन्स्योरेन्सले कमायो १ अर्ब २८ करोड नाफा

हिमालयन रि इन्स्योरेन्सले कमायो १ अर्ब २८ करोड नाफा

नागरिक पाटी

३०, श्रावण २०८१
  • 3.4K
    SHARES
  • हिमालयन रि इन्स्योरेन्सले कमायो १ अर्ब २८ करोड नाफा

    हिमालयन रि इन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ८२.७५ ले बढेर ५ अर्ब ४५ करोड ८४ लाख १८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कमिशनबाट हुने आय ४२.०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६६ लाख २९ हजार रुपैयाँ छ ।

    images

    कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ११:२२:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology