आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाइवे बचत तथा ऋण सहकारीको १८औं बार्षिक साधारण सभा सम्पन्न

हाइवे बचत तथा ऋण सहकारीको १८औं बार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

१५, भाद्र २०८१
  • 4.9K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारीको १८औं बार्षिक साधारण सभा सम्पन्न

    बैरेनी । धादिङको गल्छी ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

    images

    सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८१ संस्थाका अध्यक्ष शिब बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।

    405a2372-562f-4309-9058-de1d89af25f4.jpeg
    वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ३ करोड ३१ लाख ८९ हजार ८ सय रहेको छ । ऋण लगानी २४ करोड ६८ लाख ४० हजार ७ सय २१ रुपैयाँ, निक्षेप रकम २४ करोड ९४ लाख ३८ हजार ७ सय १५ रुपैयाँ, जगेडा कोष ३ करोड ४१ लाख २६ हजार ४ सय ७४ रुपैयाँ,अन्य कोष २ करोड ४४ लाख ६९ रुपैयाँ, तरलता ८ करोड ८५ लाख २१ हजार ५ सय ६९ रुपैयाँ, बचत (शुद्ध नाफा ) १ करोड १२ लाख १० हजार ९ सय ८४ रुपैयाँ, कर्जा जोखिम कोषमा ३५ लाख २९ हजार ७ सय रुपैयाँ रहेको सहकारीको जम्मा कारोवार रकम ३४ करोड ५७ लाख ६३ हजार ५ सय ८० रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष राम बहादुर अधिकारीले बताए ।

    संस्थामा अहिले ४८१५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कता, उत्कृष्ट कारोवार गर्ने बचत कता र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको सहकारीका सचिव नवराज ओझाले बताउनु भयो ।

    832b9fb7-1b58-4fdc-80bf-babdf66dce8a.jpeg

    संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रमा नेफ्सकुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतित्यता रहेको थियो । त्यसै गरी कार्यक्रममा नेफ्सकुनका सञ्चालक नवराज अर्याल, सहकारी अभियान्ता नेत्रराज पौडेल,जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा,उपाध्यक्ष भाइकाजी तिवारी गल्छी र थाक्रेका वडा अध्यक्षहरु विभिन्न सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको सहित ३ हजार १ सय भन्दा बढी सदस्यहरुको सहभागीता रहेको व्यवस्थापक ऋशीराम नेपालले बताए।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - १६:५५:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology