आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भगवती हाइड्रोपावरले लाभांश दिने

भगवती हाइड्रोपावरले लाभांश दिने

नागरिक पाटी

२३, भाद्र २०८१
  • 2.2K
    SHARES
  • भगवती हाइड्रोपावरले लाभांश दिने

    भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र १० दशमलव ७३६८ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images

    सोही सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि असोज १६ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । सभा अर्पण व्याङक्वेट, थापागाउँ, बानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले लाभांश प्रस्ताव सहित जारी पूँजी बृद्धि गरी ५९ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिमा संस्थापक तर्फबाट दुई जना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । जारी पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सभाले गर्नेछ ।

    यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस वर्षका लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ११:०५:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology