आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘पूर्णबहादुरको सारङ्गी’ को तेस्रो सातामा पनि आक्रामक कमाई

‘पूर्णबहादुरको सारङ्गी’ को तेस्रो सातामा पनि आक्रामक कमाई

नागरिक पाटी

४, मंसिर २०८१
  • 1.8K
    SHARES
  • ‘पूर्णबहादुरको सारङ्गी’ को तेस्रो सातामा पनि आक्रामक कमाई

    फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको तेस्रो सातामा पनि आक्रामक कमाई गरिरहेको छ । अहिले ३०० भन्दा धेरै शोसहित प्रदर्शनरत फिल्मले नेपाली बक्स अफिसमा आम्दानी ३६ करोड पुर्याउन सफल भएको छ ।

    images

    वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १८ दिनमा फिल्मले ३५ करोड ९६ लाख रुपैयाँ कमाएको बताएको छ । आइतबार मात्रै फिल्मले १ करोड ६० लाख ग्रस गरेको थियो । यो कमाईमा सोमवारको व्यवसाय जोडिएको छैन ।

    विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।

    फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - ०६:२१:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology