आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भुमेस्थान साना किसान कृषि सहकारीको २२ औं बार्षिक साधारण सभा सम्पन्न

भुमेस्थान साना किसान कृषि सहकारीको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नागरिक पाटी

७, पौष २०८१
  • 3.8K
    SHARES
  • भुमेस्थान साना किसान कृषि सहकारीको २२ औं बार्षिक साधारण सभा सम्पन्न

    भुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको भुमेस्थान साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।

    images

    वि.स २०५० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी ३ करोड ११ लाख ८१ हजार ९ सय रहेको छ । कोष रकम २ करोड ९६ लाख ४० हजार २८४ रुपैँया, निक्षेप रकम ११ करोड ६० लाख ९० हजार ४८ रुपैँया, लगानीमा रहेको रकम २७ करोड ३९ लाख ४९ हजार ५६७ रुपैँया, भाका नाघेको रकम ५४ लाख ४६ हजार ५ सय रुपैयाँ, खुद नाफा ८० लाख ३६ हजार ६४ रुपैयाँ रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम ३४ करोड ३६ लाख १८ हजार ६७४ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक नानु थापाले बताउनुभयो ।

    bhu.jpg

    संस्थामा अहिले २०३ वटा समुह तथा १२८१ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष थापाको भनाई छ ।

    थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष यन्त्र बहादुर थापा लगायतको विशेष आतित्थ्यता रहको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०६:३४:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology