आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खड्गभन्ज्याङ महिला साना किसान सहकारी संस्थाको ५ औं बार्षिक साधारणसभा सम्पन्न

खड्गभन्ज्याङ महिला साना किसान सहकारी संस्थाको ५ औं बार्षिक साधारणसभा सम्पन्न

नागरिक पाटी

७, पौष २०८१
  • 5.4K
    SHARES
  • खड्गभन्ज्याङ महिला साना किसान सहकारी संस्थाको ५ औं बार्षिक साधारणसभा सम्पन्न

    खड्गभन्ज्याङ्ग महिला साना किसान सहकारी संस्था बिदुर ३ नुवाकोटको ५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीको आ.ब.२०८१/८२ को बार्षिक प्रतिबेदन प्रबन्धक चन्द्रकला खतिवडा लेखा समितिको प्रतिबेदन मैना रिमाल र संस्थाको बर्तमान तथा भावि लक्ष्य प्रतिबेदन अध्यक्ष साबित्री ठकुरीले प्रस्तुत गर्नु भएको थियो । संस्था बि. स.२०७६ सालमा स्थापना भए सँगै सहकारिले ५ औं बर्षसम्म बचत समुह १०५ वटा रहेको छ भने ६११ महिला ३ पुरुष गरि जम्मा ६१४ जना बचत तथा शेयर सदस्यहरु रहेको छ । सहकारीको चालु कुल पुजीँ ५ करोड ५ लाख ६६ हजार ४३७ रुपैया रहेको छ ।

    images

    सहकारिले स्थापनाको छोटो समयमा नै बिदुर ३ र ५ लाई क्षेत्र मध्यनजर गर्दै समुह स्थापित गर्दै आईरहेको छ । उक्त साधारणसभामा उत्कृष्ट बचत समुह, असल बचत व्याज भुक्तानी सदस्य, ऋणीलाई स–सम्मान गरिएको प्रबन्ध चन्द्रकला खतिवडाले बताउनु भएको छ ।

    khadga 1.jpg

    सहकारी सानो सानो रकम बचत र आवश्यक कर्जा प्रवाह सदुपयोग गरि आत्मनिर्भर दिगो बिकासमा टेवा मा मेरुदण्ड रूपमा रहने अध्यक्ष साबित्रि ठकुरीले बताउनु भएको छ ।

    सहकारीका अध्यक्ष साबित्री ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बिदुर नगरपालिका वडा नं ३ अध्यक्ष बद्री प्रसाद रिमालको प्रमुख आतिथ्यता तथा बिदुर नगरपालिका सहकारी शाखा प्रमुख नानिमैया नेपाल, नेपाल कृषि सहकारी केन्द्रिय संघ लेखा समिति सदस्य पबित्रा घिमिरे, सानाकिसान लघु बित्तीय संस्थाको प्रतिनिधि नबिन न्यौपाने, साना किसान कल्लेरी शाखाको मुख्य प्रबन्धक ज्ञान प्रसाद खतिवडा तथा वडा नं ३ सचिव ईश्वरी प्रसाद रिमाल तथा जन निर्वाचित प्रतिनिधि, स्थानीय सहकारी प्रतिनिधि, समाजसेवी तथा संस्थाको बचत तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०७:०३:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology