आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकारले कृषि अनुदानलाई व्यवस्थित बनाउने

सरकारले कृषि अनुदानलाई व्यवस्थित बनाउने

नागरिक पाटी

२८, फाल्गुण २०८१
  • 2.8K
    SHARES
  • सरकारले कृषि अनुदानलाई व्यवस्थित बनाउने

    सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा मङ्गलबार अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमको समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको हो ।

    images

    छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकलाई प्रोत्साहित गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याए पनि त्यसको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताउनुभयो । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

    कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छी बिमाको प्रिमियम अनुदान, उखु खेती प्रवर्धनका लागि किसानलाई प्रोत्साहन अनुदानलगायतका अनुदान उपलब्ध गराउँदै आएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान तथा सहुलियतका लागि चालु आवमा करिब ३६ अर्ब रुपियाँ विनियोजन भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०८१ बुधवार - ०६:३४:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology