ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय विजयपुर–२६, पोखरा कास्की अन्तर्गतको गजुरी–६ स्थित शाखा कार्यालय, आदमघाटबाट संचालित केन्द्र नं. ०१६ की ऋणी सदस्य पुतली राईको असमयिक निधनपछि संस्थाले मृतकको परिवारलाई राहत स्वरूप सहयोग हस्तान्तरण गरेको छ।
पुतली राईले संस्थाबाट लिएको रु १,००,००० को कर्जा मृत्युपछि मिनाहा गरिएको छ। साथै, किरिया खर्च स्वरूप मृतकका पति बुद्धिमान राईलाई रु २५,००० नगद प्रदान गरिएको छ भने वचत कर्जा मिनाहा पछि वाकि रकम रु १,४५,१०५ बराबरको चेक हस्तान्तरण गरिएको छ।
यस कार्यमा वडा नं ५ का वडा अध्यक्ष गोविन्द लामिछाने, संस्थाकी कर्मचारी सबिना पन्त, शाखा प्रमुख प्रकाश अधिकारी, अनुगमन स्टेशन कार्यलय धार्केका स्टेशन प्रमुख विनोद खतिवडाको रोहबरमा चेक हस्तान्तरण गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष लामिछानेले भने, "संस्थाले हामीलाई जिवित रहुन्जेल साथ दिने र मृत्युपछि समेत परिवारलाई राहत दिने प्रतिबद्धता देखाएको छ, यसले गाउँका अन्य सदस्यलाई पनि संस्थामा आवद्ध हुन हौसला मिल्नेछ।"
त्यसैगरी, स्टेशन प्रमुख विनोद खतिवडाले पनि आफ्नो भनाई राख्दै मृतक राईको परिवारलाई सान्त्वना प्रकट गरेका थिए र लघुवित्तको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए।
संस्थाको यो कदमले आर्थिक रुपमा पीडित परिवारलाई राहत प्रदान गर्नुका साथै अन्य सदस्यलाई पनि सामाजिक सुरक्षाको अनुभूति दिलाएको छ।