आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे गर्न बाँकी

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे गर्न बाँकी

नागरिक पाटी

२६, बैशाख २०८२
  • 5.1K
    SHARES
  • मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे गर्न बाँकी

    पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको सडक विस्तार आयोजनाले जनाएको छ । एकतर्फी कालोपत्रे गर्न ३ किलोमिटर मात्रै बाँकी रहेको मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । बाँकी सडक कालोपत्रे गर्ने काम चालु आवमा नै सकिने उनले बताए ।

    images

    पूर्वी खण्डको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किलोमिटर लामो पूर्वी खण्डको ३८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । इन्जिनियर पाण्डेका अनुसार दमौली क्षेत्रमा डेढ किलोमिटर, डुम्रे बजार नजिकै ३ सय मिटर र बिमलनगर नजिकै ७ सय मिटर जति सडक मात्रै कालोपत्रे हुन बाँकी छ । अरु सबैतिर पिचको काम सकिएको उनले जानकारी दिए ।

    तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । चैतको अन्तिम र वैशाखमा परेको पानीले केही दिन काममा डिस्टर्ब भए पनि अहिले भने कामले गति लिएको छ ।

    पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद आगामी असार २९ गतेसम्म छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - ०८:०९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology