मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय बट्टार नुवाकोटमा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिबृद्धी कार्यक्रम सम्पन्न भएको छ । अनुगमन कार्यालय बट्टार नुवाकोटका अनुगमन अधिकृत रबिन्द्र प्रसाद कडेल ज्युको प्रमुख आतिथ्य, बिदुर वडा नं २ का वडाध्यक्ष दिपक कायस्थ र बिदुर वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल, ज्युको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा करिब १२० भन्दा धेरै केन्द्रहरुबाट सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्पती तथा बचतमा हुने जोखीम तथा न्यूनिकरण, केन्द्र गुणस्तर, बचत तथा कर्जाको महत्व लगायतका विषयमा छलफल भएको छ । त्यस्तै कर्जा र बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु,कर्जा सदुपयोगिता र महत्व, डिजिटल बैंकिङ भुक्तानी, संस्थाको नीतिनियम र सेवासुबिधा, एसएमएस सेवा र यसको प्रयोगबारे पनि जानकारी गराइएको अर्तिला खतिवडाले जानकारी दिनुभएको छ । कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनको आधारमा प्रथम , दोश्रो, तेस्रो र सान्त्वना गरि पुरस्कार समेत प्रदान गरिएको छ ।
कार्यक्रममा शाखा प्रमुख अर्तिला खतिवडाले शाखाको प्रगति विवरण पेश गर्नुभएको थियो भने, प्रमुख अतिथी रबिन्द्र प्रसाद कडेलले समग्र संस्थाको बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै बिदुर वार्ड नं ४ का अध्यक्ष निलमबाबु ढुंगेलले लघुबित्त संस्थाले पुर्याएको योगदान,कर्जाको सदुपयोगिता र महत्त्व बारे प्रकाश पार्नुभएको थियो, त्यस्तै बिदुर वार्ड नं २ का अध्यक्ष दिपक कायस्थले मेरोमाइक्रोफानान्सले नुवाकोटमा पुर्याएको योगदान अतुलनीय रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थाको कालिकास्थान शाखाका शाखा प्रमुख तथा कार्यक्रमका अतिथि अर्जुन ढुंगानाले केन्द्र गुणस्तरमा वृद्धि ,महत्त्व र केन्द्र प्रमुखहरुको योगदान बारे प्रष्ट पार्दै विभिन्न रचनात्मक प्रस्तुति समेत दिनुभएको थियो ।
मेरो माईक्रो फाइनान्स लघुवित्तको यस शाखाले नुवाकोट तथा रसुवा जिल्लको दुरदराजसम्मका आम नागरिकलाई सहज र छरितो ढंगबाट सेवा प्रदान गर्दै आएको छ ।