आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने

नागरिक पाटी

८, भाद्र २०८२
  • 3.8K
    SHARES
  • लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने

    लघुवित्त वित्तीय संस्थाहरूले सेयरधनीलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन् । यसअघि १५ प्रतिशतको सीमा रहेकोमा त्यसलाई केही फराकिलो बनाइएको छ । यसअघि घोषणा गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै नियामक राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

    images

    अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जामा भर पर्ने भएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने छन्।

    त्यस्तै निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा हुनेले १५ प्रतिशतसम्म लाभांश दिन सक्ने व्यवस्था गरिएको छ ।

    निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएकाले भने लाभांश वितरण गर्न नपाउने भएका छन् । पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने छन् ।

    त्यस्तै तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन पाउने छैनन् तर बोनस सेयर दिन पाउने छन् ।

    यसअघि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेको खण्डमा प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यहीं व्यवस्थाका कारण लघुवित्तहरुले १५ प्रतिशत बढी लाभांश दिन सकिरहेका थिएनन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - १९:१४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology