आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी बाल समुह सञ्जालको उदाहरणीय काम, देउसी भैलोमा जम्मा भएको रकम भेटुवाललाई हस्तान्तरण

गल्छी बाल समुह सञ्जालको उदाहरणीय काम, देउसी भैलोमा जम्मा भएको रकम भेटुवाललाई हस्तान्तरण

नागरिक पाटी

४, कार्तिक २०८२
  • 7.0K
    SHARES
  • गल्छी बाल समुह सञ्जालको उदाहरणीय काम, देउसी भैलोमा जम्मा भएको रकम भेटुवाललाई हस्तान्तरण

    धादिङको गल्छी गाउँपालिकामा गठित गल्छी बाल समुह संजालले देउसी भैलोमा प्राप्त भएको रकम सञ्जालकै सदस्य अनिश भेटुवाललाई हस्तान्तरण गरेको छ । सञ्जालले शुभ दिपावली नेपाल सम्बत् (११४६) लगायत पर्वकोे अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा रमाइलोका लागि खेलिएको देउसी भैलोबाट प्राप्त १२ हजार ६० रुपैयाँ गल्छी बाल समूह सञ्जालका सदस्य भेटुवाललाई हस्तान्तरण गरेको हो ।

    images

    हातमा समस्या भएर स्वास्थ्य लाभ गरिरहेका भेटुवाललाई गल्छी बाल समुह सञ्जालका अध्यक्ष श्रद्धा रिमाल, उपाध्यक्ष विशम श्रेष्ठ र ६ नम्बर वडा बाल सञ्जालका अध्यक्ष साधना अधिकारीले रकम हस्तान्तण गरेको पालिका बालमैत्री सहजकर्ता विपिन मल्लले जानकारी दिनुभयो ।

    “दानिलाई हुँदैन हानी, हजुरको दान गरेनौं मनोमानी” भन्दै सञ्जालले गरेको यो कामलाई सामाजिक सञ्जालमा प्रशँसा गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०८२ मंगलवार - १९:४१:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology