आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

नागरिक पाटी

१६, कार्तिक २०८२
  • 1.5K
    SHARES
  • सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँबराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजारबराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

    images

    कोषमा कुल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रूपमा समावेश भएका छन् । कोषमा २२ हजार १२५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

    कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ ।

    यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ रहेको छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०७:४३:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology