धादिङमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । धुनिवेशी नगरपालिका ९ मा बा प्र ०१-००६ ख २२९७ नम्बरको बसले बा.प्र.०२-०४५ प ४४३१ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार थाक्रे गाउँपालिका ८ बस्ने ४१ वर्षीया निता गजुरेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।