नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामै ११० रुपैयाँ बढेको छ । मंगलबार तीन हजार ५४५ रुपैयाँ रहेको चाँदी ११० रुपैयाँ बढेर तीन हजार ६५५ रुपैयाँ पुगको महासंघले जनाएको छ ।