नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार चार सय रूपैयाँ पुगेको छ।
यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार तीन सय रूपैयाँ महँगो हो।
बिहीबार भने सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भएको थियो।बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितेला नौ हजार दुई सय रूपैयाँ बढेको हो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय २० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।