आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नागरिक पाटी

२७, फाल्गुण २०८२
  • 932
    SHARES
  • सुनको मूल्य बढ्यो

    मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ ।

    images

    हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०८२ बुधवार - १२:५६:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology