आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

समयमै तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

समयमै तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

नागरिक पाटी

१८, चैत्र २०८२
  • 2.2K
    SHARES
  • समयमै  तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

    सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । ६ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काआयोजनाको विद्युत गृहका चिचिला गाउँपालिका(२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ । यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले गरिरहेको छ । ६ महिनादेखि तलब नपाएको भन्दै आजदेखि काम ठप्प पारिएको मजदुरहरू बताउँछन् ।

    images

    निर्माण कम्पनीले समयमा तलब भुक्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले आयोजनाको विद्युत गृहका मजदुरले समयमा तलब भुक्तानी माग गर्दै आन्दोलन सुरु गरेका जानकारी पाएको बताइन् । 

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०८२ बुधवार - १३:३७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology