सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको देखिएको छ ।
स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको प्रगति विवरणअनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन तथा विस्तारका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।
मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त कुल ११ अर्ब ७५ करोड रुपैयाँमध्ये हालसम्म १२ हजार दाबी भुक्तानी गरिएको छ । तर, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समयमै रकम भुक्तानी हुन नसक्दा बक्यौता रकम लगातार बढिरहेको उल्लेख गरिएको छ ।