आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

नागरिक पाटी

१७, जेठ २०८३
  • 862
    SHARES
  • तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

    आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - १३:२६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology