आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सम्झौता एक्सप्रेस रेल सधैँको लागि बन्द गर्ने पाकिस्तानको घोषणा

सम्झौता एक्सप्रेस रेल सधैँको लागि बन्द गर्ने पाकिस्तानको घोषणा

  • 4.3K
    SHARES
  • काठमाडौं । पाकिस्तानले लाहौरबाट भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल, पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले सधैंका लागि बन्द गर्ने निर्णय सुनाएका हुन् । उनले भने, ‘कश्मीरीमाथि उत्पीडन हुने र पाकिस्तानको सरकार तमासा हेरिरहने हुन सक्दैन । सम्झौता एक्सप्रेस सदा सदाका लागि बन्द गरिएको छ ।’ जसले टिकटका लागि पैसा दिइसकेका छन्, उनीहरुको रकम फिर्ता गरिने उनले बताएका छन् । सम्झौता एक्सप्रेस भारत र पाकिस्तानबीच सातामा दुई दिन चल्ने रेलगाडी हो, जुन विभाजन अगाडिदेखि नै अटारीबाट लाहौरसम्म चल्दै आएको छ । सिमला सम्झौतापछि २२ जुलाई १९७६ मा लाहौरबाट अमृतसरसम्म चलाइएको थियो । तर १९९४ मा अटारीबाट लाहौरसम्म चलाउन थालियो । यो ट्रेन भारत र पाकिस्तानबीच उत्पन्न हुने तनावमा रोकिने र फेरि सुरु हुने क्रम चल्दै आएको छ । पुलुवामामा भएको चरमपन्थी आक्रमणपछि भारतले यो रेल सेवा रोकेको थियो । अहिले पाकिस्तानले भारतले चालेको अनुच्छेद ३७० को कदमपछि रोकेको छ । भारतले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा हटाउने गरी संविधानको अनुच्छेद ३७० निष्प्रभावी बनाएको प्रतिक्रिया स्वरुप पाकिस्तानले यो निर्णय लिएको हो । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले यसको पुष्टि गरे । तर भारतको कुनै प्रतिक्रिया आएको छैन । २०७६ साउन २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - ०४:४१:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology