आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पाकिस्तानी सेनाप्रमुखको कार्यकाल ३ वर्ष थप

पाकिस्तानी सेनाप्रमुखको कार्यकाल ३ वर्ष थप

  • 3.7K
    SHARES
  • इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जाभेद बाजवाको कार्यकाल तीन वर्ष थप गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यअनुसार सुरक्षा स्थितिलाई ध्यानमा राख्दै जनरल बाजवाको कार्यकाल बढाउने निर्णय भएको हो । काश्मीर समस्याका कारण भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहेका समयमा पाकिस्तानी सेना प्रमुखको कार्यकाल थप गर्ने निर्णय भएको हो । प्रधानमन्त्री इमरान खानको यो कदमलाई निकै महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । जनरल बाजवको कार्यकाल बढाउने खबर केही महिनाअघि देखि नै चर्चामा रहेपनि औपचारिक निर्णय भएको थिएन । जनरल बाजवाले सन् २०१६ मा सेनाको नेतृत्व सम्हालेका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले प्रधानसेनापतिमा नियुक्त गरेका थिए । सेनाको कमाण्ड राहील शरिफले जनरल बाजवालाई हस्तान्तरण गरेका थिए । कार्यकालल थप नगरिएको भए उनले आगामी नोभेम्बरमा सेवाबाट अवकास पाउने थिए । तर सेवानिवृत्त हुनुभन्दा ठीक दुई महिनाअघि उनको कार्यकाल थप गर्ने निर्णय भएको हो । प्रधानमन्त्री कार्यालयबाट जारी संक्षिप्त अधिसूचनाअनुसार, ‘जनरल कमर जाभेद बाजवालाई तीन वर्षे एक अत्तिरिक्त कार्यकालका लागि सेनाध्यक्ष नियुक्त गरिएको छ । यो कार्यकाल उनको पहिलो कार्यकाल समाप्त भएको दिनबाट सुरु हुनेछ ।’ प्रधानमन्त्री इमरान खानले हस्ताक्षर गरेपछि यो अधिसूचना जारी गरिएको हो । पाकिस्तानमा देशको मामलामा नै सेनाले पटक पटक हस्तक्षेप गर्ने भएका कारण सेना प्रमुखको नियुक्ति र सेवा विस्तार कुनै पनि प्रधानमन्त्रीको महत्वपूर्ण निर्णयमध्ये एकका रुपमा लिने गरिन्छ । यसले सरकार–सैन्य सम्बन्धलाई परिभाषित गर्दछ । केहीले यसको सिधा असर देशको सरकार र उसको निर्णय लिने क्षमतामा गर्ने समेत बताउने गर्छन् । विश्लेषकले जनरल बाजवा र प्रधानमन्त्री खानबीच राम्रो सम्बन्ध रहेको चर्चा गर्छन् । धेरै लामो समयपछि पाकिस्तानी राजनीतिक र सैन्य नेतृत्वले देशको भविष्यलाई लिएर एक ठाउँमा उभिएर निर्णय लिएको पहिलो घटना हो । विपक्षी नेताहरुले भने इमरान खानले सेनाकै सहयोगमा इमरान खानले पाकिस्तानमा सत्ता प्राप्त गरेको आरोप लगाउने गरेका छन् । इमरान खानको पार्टी पीटीआईले भने यसको खण्डन गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ । २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १५:३०:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology