आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपचारपछि इराकमा ५१ हजार बढी घर फर्किए,एक जनाको मृत्यु

उपचारपछि इराकमा ५१ हजार बढी घर फर्किए,एक जनाको मृत्यु

नागरिक पाटी

२२, फाल्गुण २०७६
  • 4.4K
    SHARES
  • काठमाण्डौ, २१ फागुन । चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय नाघेको छ । यसैबीच इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको छ । बुधबार ७० वर्षीय एक व्यक्तिको ज्यान गएको इराकले आफ्नो आधिकारिक बयानमा बताएको छ । इराकमा सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९४ हजार एक सय ७५ पुगिसकेको छ । त्यस्तै ५१ हजार बढी उपचारपछि घर फर्किएका छन् । ८० भन्दा बढी देशमा कोरोनाको सङ्क्रमण देखिइसकेको छ । चीनमा ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण फैलिरहेको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ९२ जनाको ज्यान गएको छ भने दुई हजार ९ सय २२ जनामा सङ्क्रमण पाइएको छ । कोरोनाको कारण इटलीमा ७९ जनाको ज्यान गइसकेको छ । इटलीमा सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पुगेको छ । त्यस्तै दक्षिण कोरियामा ३३ जनाको ज्यान गएको छ भने पाँच हजार ६ सयभन्दा बढी सङ्क्रमित पाइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - ०३:२१:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology