शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हाँस्यव्यङ्ग कलाकार सुदिप खतिवडाको सचेतनामुलक भिडियो "लकडाउनले बनायो यस्तो"

हाँस्यव्यङ्ग कलाकार सुदिप खतिवडाको सचेतनामुलक भिडियो "लकडाउनले बनायो यस्तो"

नागरिक पाटी

५, बैशाख २०७७
  • 9.0K
    SHARES
  • धादिङ । हांस्य व्यंग्यको क्षेत्रमा यस जोडीको नाममा स्थापित हुंदै गएका नवोदित कलाकार हुन सुदिप खतिवडा । लकडाउन पछि राजधानीको रंगमञ्च छाडेर सिद्धलेक गाउँपालिकाको आदमटार स्थित घरमा बसिरहेका छन उनी । विभिन्न हाँस्य सिरियल र स्टेजहरुमा गएर आफ्नो प्रस्तुती दिंदै आएका खतिवडाले लकडाउनको कारण घरमा बसरिहेको बेला आफ्नै घर वरपरका दाजुभाई र मध्यम वर्गिय किसानले भोग्नु परेको पिडालाई भिडियोमा उतारेका छन । विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न विश्वनै यतिबेला संघर्षमा छ । नेपालले पनि यो महामारी संग जु्ध्नका लागि तीन साता देखि देशमा लकडाउन जारी राखेको छ । लकडाउन पछि मानिसहरुको चाप गाउमा बढ्दै जांदा मध्यम वर्गिय परिवारमा अभाव र तनावले समस्या बढाउँदै लगेको छ । बैक तथा वित्तिय संस्थाबाट ऋण खोजेर कुखुरापालन गरिरहेका किसानले कुखुरा बेच्न नपाउँदा ऋणको वोझ थपिएर भोग्नु परेको तितो यथार्थ, काम नभएपछि गाउँतिर बरालिएर बसेकाहरुको दैनिकी, कोरोनाको नाममा फैलिने गरेको भ्रमलाई चिरफार गर्न स्थानीय युवाहरुलाई साथमा लिएर सुदिपले सन्देश मुलक भिडियो बनाएका छन । https://youtu.be/hqgM4XUC-UU लकडाउन रहर होइन वाध्यता हो कोरोना संग बच्नका लागि भ्रमको पछि लागेर निराश भएर होइन आत्मबल वलियो बनाएर आंफु पनि सुरक्षित भएर अरुलाई पनि सुरक्षित रहन सघाउनु् पर्छ भन्ने सन्देश भिडियोले दिन खोजेको छ । चेतनामुलक सामाग्री समेटिएको १० मिनेट ५५ सेकेण्डको उक्त भिडियोमा सुदिपका साथमा सुसन खतिवडा, राजाराम खतिवडा,नारायण गिरि, विजोन अर्याल, रुपेन्द्र खतिवडाको अभिनय रहेको छ भने भिडियो निर्माणका लागि सत्यवती भेटनरीको सहयोग रहेको छ । भिडियोमा समेटिने बिषयको अवधारणा र निर्देशन सुदिपको हो भने भिडियोको दृष्य उतार्ने र सम्पादन गर्ने काम सुसन खतिवडा मिस्टर दारीले गरेका छन । कलाकार खतिवडाले जिरे खुर्सानी, मेरि बास्सै , खासखुस , भद्रगोल , सक्किगोनी लगायतका सिरियलमा समेत अभिनय गरेका छन् । उनले एपी वान टेलिभिजनमा आफ्नै लेखन तथा निर्देशनमा हाँस्यव्यंग्य सिरियल खुल्दुली समेत गरेका छन् । - धादिङ न्युजको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०२:४३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology