आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु

शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु

नागरिक पाटी

११, भाद्र २०७८
  • 9.9K
    SHARES
  • शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु

    ११ दिनअघि अफगानिस्तानको सत्तापलट गरेका तालिवानहरुले शबलाई समेत बलात्कार गरेको विवरण सार्वजनिक भएको छ । ‘तालिवानले शवसँग पनि यौन सम्पर्क गर्छन्,’ अफगानिस्तानबाट भागेर भारत पुगेकी एक महिला भन्छिन् । तालिवानले केही समय अगाडि मानिसहरुको घरघरमा पुगेर यौनदासी बनाएको उनको भनाइ छ ।

    images

    अफगान प्रहरी फौजकी सदस्यसमेत रहेकी मुस्कान नामले परिचित उनी थप्छिन्, ‘तालिवानले मानिस जिउँदो वा मृत कसैको ख्याल गर्दैनन् ।’

    तालिवानले काबुल कब्जा गरेपछि मुस्कान भारत भागेकी थिइन् । उनका अनुसार तालिवान लडाकु घरघरमा किशोरी खोज्न हिँड्थे र नदिने परिवारलाई गोली हान्थे । ‘अफगानिस्तान हुँदा हामीले तालिवानको अनगिन्ति धम्की भोग्यौं’ मुस्कान सम्झन्छिन् ।

    सन् १९९० को मध्यमा शक्तिमा आउदा तालिवानहरु आफ्ना कुख्यात कर्मका लागि प्रख्यात थिए । उनीहरुले अपराधी र बलात्कारीका हात काटिदिने कानुन ल्याएका थिए । त्यस्तै, १२ वर्षमाथिका किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए । सत्ता कब्जा गरेपछि तालिवानले तिनै किशोरीलाई यौन दुव्र्यबहारको निशाना बनाएका छन् ।

    तालिवानको शासनकालमा महिलाहरु सबैभन्दा बढी जोखिममा पर्न सक्ने आकलन भइरहेका छन् । यद्यपि, तालिवानले महिलालाई पनि पुरुषसरह अधिकार दिने बताउँदै आएका छन् । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०७:२७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology