आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक

लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक

विष्णु ठकुरी

२०, आश्विन २०७८
  • 5.6K
    SHARES
  • लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक

     लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा परदेशमा सुखमय जीवन बिताइरहेकी छोरी चाडपर्व नजिकिँदै गर्दा आफ्ना आफन्त भेट्न आतुर हुन्छिन् । तर, व्यस्तताका बाबजुद जन्मभूमि आउन नपाउँदाको छोरीको पीडा र बुढेसकालमा छोरीबिना एक्लै चाडपर्व मनाउँदा निकै पीडामा देखिन्छन् ।

    images

    कफषिभ-768x512.jpg

    चलचित्र निर्माता सुवासप्रसाद पाण्डे र नवराज भण्डारीको कार्यकारी निर्माता रहेको यस चलचित्रमा वसन्त पोखरेलको लेखन र निर्देशन छ । १५ मिनेटको समय अवधिमा फिल्मको कथा सकिएको छ ।चलचित्रमा वसन्त पोख्रेल, सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बालकलाकार श्रीदा पाण्डे लगायत कलाकारहरूले अभिनय गरेका छन् ।फिल्मको प्रस्तुकर्ता सुरेन्द्र थापा हुन् ।

    चलचित्रमा ग्राफिक्स र सम्पादन गौतमराज खड्काको रहेको छ । छायांकन ज्ञानु राईले गरेकी छिन् । चलचित्र मनोजराज बाहकको ध्वनि, र सौगात बस्नेतको मुख्य सहायक निर्देशनमा बनेको हो । यस लघुचलचित्रमा श्रृंगार भने मिनाक्षी भट्टराईले गरेकी हुन् ।





    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - १६:०५:१५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology