आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उदित नारायण झाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक

उदित नारायण झाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक

नागरिक पाटी

३, माघ २०७८
  • 6.4K
    SHARES
  • उदित नारायण झाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक

    नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा।प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन्।

    images

    राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ। डा।प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेका छन्। गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ। बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन्। सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन्। भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १८:१५:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology