आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमाले र राप्रपा नेपालबीच चुनावमा तालमेल गर्ने सहमति

एमाले र राप्रपा नेपालबीच चुनावमा तालमेल गर्ने सहमति

नागरिक पाटी

३०, चैत्र २०७८
  • 4.9K
    SHARES
  • एमाले र राप्रपा नेपालबीच चुनावमा तालमेल गर्ने सहमति

    नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

    images

    सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ ।

    त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका प्रवक्ता सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमतिअनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।

    release_IqH14Li41S.jpg

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १६:३५:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology