धादिङ जिल्लाको ज्वालामुखी गाँउपालिका, नीलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाँउपालिकामा कुमाल समुदायको वसोवास रहेको छ । त्रिपुरासुन्दरी गाँउपालिकामा पर्ने नेपालकै ठुलो टार सल्यानटारका आदीवासी समुदाय कुमाल र दराई हुन । त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. १ र २ मा पर्ने सल्यानटार कुमालहरुको वाहुल्य क्षेत्र हो ।
त्यही कुमाल समुदायबाट वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिई प्रचार प्रसारमा जुटेकि छिन् संगिता कुमाल । कुमाल समुदायले कुमालको उम्मेदवारीलाई कुमाल समुदायको सम्मान र प्रतिष्ठाका रुपमा लिएका छन् । उम्मेदवार कुमाल पनि जित्नेमा ढुक्क छिन् । उनी ढुक्क हुनुको कारण हो गठवन्धनबाट उपाध्यक्षमा प्रतिस्पर्धा गर्न पुरुष उम्मेदवार आएकाले । गठवन्धनको तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी माओवादी केन्द्रका देवराज धरेल छन् । कुमाल भन्छिन्, “गठवन्धनले महिलाहरुलाई अपमान गरेको छ । स्थानीय तहको निर्वाचनमा अध्यक्ष वा उपाध्यक्ष पदमा एक महिला उम्मेदवार उठाउनु पर्ने वाध्यकारी व्यवस्थालाई गठवन्धनका नाममा महिलाको अधिकार खोसिएको छ । म स्थानीय सरकारमा महिलाहरुको प्रतिनिधित्व गर्नक लागि पुरुषसंग प्रतिस्पर्धा गर्दै छु । त्यहि भएर महिलाहरुको साथ पाएको छु । महिलालाई पनि राजनीतिमा स्थान दिनु पर्छ भन्ने पुरुष मतदाता पनि प्रशस्त हुनुहुन्छ । त्यस कारण त्रिपुरासुन्दरी गाँउपालिकाको सरकारमा महिलाहरुको प्रतिनिधित्व गदै म जादै छु । मलाई नेकपा एमालेले उम्मेदवार बनाएर महिला र आदीवासी कुमालको सम्मान गरेको छ ।” उपाध्यक्षको प्रत्यासी कुमालले भनिन् ।
यसैगरी नीलण्ठ नगरपालिकाको उपप्रमुखमा एमालेका फन्द्रा तामाङ र गठवन्धनका तर्फबाट माओवादी केन्द्रका दिपक विश्वकर्मासंग कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेकी कल्पाना अधिकारी प्रतिस्पर्धा गर्दै छिन् । गुलाब चुनाव चिन्ह लिएकी अधिकारी भन्छिन्, “काँडैकाडाबाट निस्केको गुलाबको महत्व जस्तै मेरा राजनीति यात्रा पनि त्यस्तै छ । गठवन्धनले प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बनाएकाले स्वतन्त्र भएर उपप्रमुख पदमा उम्मेदवारी दिएको छु । पक्कै जित्छु ।”
यसैगरी रुवीभ्यालीमा पनि गठवन्धनबाट अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष उम्मेदवार भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङसंग एमालेकी उमा तामाङ प्रतिस्पर्धा गर्दैछिन् । खनियावासमा पनि गठवन्धनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार बनाएको छ । उपाध्यक्ष पदमा माओवादी केन्द्रका सुकेमान तामाङसंग एमालेकी उमा तामाङ चुनावी मैदानमा छिन् । यसैगरी त्रिदलीय गठवन्धनका उपाध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका नारायण बहादुर कार्कीलाई व्यवस्ता गर्दै कांग्रेस र माओवादी केन्द्र गठवन्धन गरेर उम्मेदवार बनाएका माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार रामेश्वर सिंखडासंग निर्वतमान उपाध्यक्ष एन्जिला तामाङ एमालेको तर्फबाट प्रतिस्पर्धा गर्दैछिन ।
ज्वालामुखीमा कांग्रेस र एकीकृत समाजवादीको गठवन्धनको उपाध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्यालसंग एमालेकी चन्द्रीका अधिकारी र माओवादी केन्द्रकी कल्पना थापा चुनावी मैदानमा छिन् । वेनिघाट रोराङमा गठवन्धनको तर्फका एकीकृत समाजमादीका उपाध्यक्ष उम्मेदवार टाप बहादुर श्रेष्ठसंग एमालेकी नेतृ हिरादेवी रेग्मी प्रतिस्पर्धा गदैछिन् । यसैगरी गल्छीमा गठवन्धनका तर्फका काग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार बनेका भाइकाजी तिवारीसंग निर्वतमान उपाध्यक्ष राधा तिमिल्सना एमालेको तर्फबाट चुनावी मैदानमा छिन् । थाक्रेमा गठवन्धनका तर्फबाट माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेदवार यन्त्र बहादुर थापा “जिन्दगी” संग निर्वतमान उपाध्यक्ष अम्विका रुपाखेती एमालेको तर्फबाट प्रतिस्पर्धा गदैछिन् । धुनीवेनीमा उप्रप्रमुख पदमा गठवन्धनको तर्फबाट कांगे्रसका उपाध्यक्षका उम्मेदवार सुरज उप्रेतीसंग एमालेकी मन्दिरा श्रेष्ठले प्रतिस्पर्धा गदैछिन् ।
यसैगरी नीलकण्ठमा प्रमुख पदमा गठवन्धनका तर्फबाट उम्मेदवार बनेका निर्वतमान प्रमुख भीम प्रसाद ढुगानासंग एमालेकी नेतृ गंगा श्रेष्ठ चुनावी मैदानमा छिन् । नेत्रावती डवजोङमा एमालेका सुर्वण रिमाल र नेपाली कांग्रेसका मेघनाथ रिजालसंग माओवादी केन्द्र र एकीकृत समाजवादीको गठवन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ निर्वतमान उपाध्यक्ष उर्मिला गुरुङ तामाङ अध्यक्ष पदमा प्रतिस्पर्धा गदैछिन् ।
तस्वीर
तस्बिर : त्रिपुरासुन्दरी गाँउपालिका उपाध्यक्ष पदकी प्रत्यासी संगिता कुमाल मतदातालाई मतदान गर्न सिकाउँदै ।