आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि रिलिज

‘प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि रिलिज

नागरिक पाटी

१६, भाद्र २०७९
  • 4.7K
    SHARES
  • ‘प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि रिलिज

    प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको छ । बिहीवार फिल्मको हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको केही घण्टापछि नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको हो । ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको नेपाली ट्रेलर २ मिनेट ११ सेकेण्डको छ ।

    images

    राजयोगमा जन्मिएको "प्रेम" नामक पात्रको जीवनमा "गीत" नामक युवतीको प्रवेश भएपछि आउने विभिन्न उतारचढाव फिल्मको कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा प्रेम नामक पात्रलाई राजयोग र प्रेमयोगमध्ये एक रोज्नुपर्ने बाध्यता देखाइएको छ । प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का छन् भने गीतको भूमिकामा डेब्यू अभिनेत्री क्रिष्टिना गुरुङ छिन् ।

    स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा, क्रिजन गौतमलगायतका कलाकारहरूको पनि अभिनय छ ।

    सन्तोष सेनको निर्माण रहेको फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले खिचेका हुन् । स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमको लेखन रहेको ‘प्रेम गीत ३’ ढुंगेयुगको कथामा निर्माण भएको हो ।

    दशैंको छेको पारेर असोज ७ गतेदेखि नेपालमा र भारतमा फिल्म एकसाथ प्रदर्शन हुन लागेको हो । साउथका चर्चित कलाकारहरूले अभिनय गरेको फिल्मको हिन्दी डबमा स्वर दिएका प्राविधिकहरूले नै ‘प्रेमगीत ३’को हिन्दी डबिङ गरेका छन् ।

    नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेम गीत ३’ नै पहिलो हो । यतिबेला अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन फिल्मको प्रचारप्रसाका लागि मुम्बईमै छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - १८:३९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology