शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड मत गणना

प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड मत गणना

नागरिक पाटी

१४, मंसिर २०७९
  • 3.4K
    SHARES
  • प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड मत गणना

    प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ । निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड ८ हजार मत गणना भएको छ ।

    images
    images

    प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मत ल्याएर दोस्रोमा छ ।

    माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले १० लाख ९८ हजार २७५ मत प्राप्त गरेको छ ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५४, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७, जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ र नेकपा ९एकीकृत समाजवादी०ले २ लाख ८२ हजार २६२ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरण छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - १०:२६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology