आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘जुलेबी’ को टिजर सार्वजनिक

‘जुलेबी’ को टिजर सार्वजनिक

नागरिक पाटी

१०, श्रावण २०८०
  • 4.5K
    SHARES
  • ‘जुलेबी’ को टिजर सार्वजनिक

    काठमाडौँ । भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरुलाई बिसेष स्थान दिइएको छ। टिजरले दर्शकमा कौतुहलता बढाएको छ। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

    images

    एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ।

    फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्रको केही देशको विदेश राइट समेत बिक्री भएको निर्माताले शर्माले जानकारी दिइन् । चलचित्र ‘जुलेबी’ को वितरण डिसीएन र रिच इन्टरटेन्टमेन्टले गर्नेछन्। चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - ०५:५२:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology