आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"चन्दु चन्दन" बजारमा

"चन्दु चन्दन" बजारमा

नागरिक पाटी

१७, श्रावण २०८०
  • 6.4K
    SHARES
  • "चन्दु चन्दन" बजारमा

    काठमाण्डौ । धार्मिक आस्था र बिचारमा आफ्ना जिबन समर्पित गरेका लोकप्रिय गायक तथा सर्जक सरोज ढकालले भर्खरै मात्र लोक दोहोरी गीत ूचन्दु चन्दनू सार्बजनिक गरेका छन् । उनको यस गीत भन्दा पहिले ूरुमाल खल्तीमाू बोलको गीत सार्बजनिक गरेका थिए । व्यवसायिकताको नाममा आफ्नै कला संस्कृति र मौलिकताबाट अलग हुन नहुने मान्यता राख्ने ढकालले अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

    images

    कर्म गर्ने तर फलको आशा नराख्ने उनि पछिल्लो समय आयोजना भैरहेको अवार्ड तथा सम्मानहरुलाई खासै बिश्वास गर्दैनन् । साथै आफुलाई अवार्ड चाहियो भनेर आयोजकको पछी नलाग्ने पनि उनि बताउँछन् । ढकाल भन्छन् , मेरो लागि श्रोता दर्शकहरुको माया नै अवार्ड हो ।

    सरोज ढकालको भर्खरै सार्बजनिक भएको गीतलाई किरण गौतमले लेखेका हुन् भने लय ढकाल कै रहेको छ । सरोज ढकाल र शारदा रसाइली द्वारा स्वर बद्ध गीतमा एक युवती, अर्का युवाको रुपको मोहमा फसेको भाव समाबेश गरिएको छ । यस गीतको म्युजिक भिडियोमा राजु सापकोटा र आयुष्मा कार्कीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

    निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन कुमार के।सी ले गरेका हुन् भने सम्पादन बिष्णु खड्का ले गरेका छन् । ढकालको यस गीतलाई सरोज ढकाल नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १३:५१:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology