आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दरबारको कथामा "राजमहल" निर्माण हुने, रमेश उप्रेती र सलोन बस्नेतको मुख्य भूमिका

दरबारको कथामा "राजमहल" निर्माण हुने, रमेश उप्रेती र सलोन बस्नेतको मुख्य भूमिका

विष्णु ठकुरी

५, पौष २०८०
  • 18.4K
    SHARES
  • दरबारको कथामा "राजमहल" निर्माण हुने, रमेश उप्रेती र सलोन बस्नेतको मुख्य भूमिका

    images

    काठमाडौ । दरबारको कथा समेटेर नेपाली चलचित्र राजमहलको निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रम बिच चलचित्रका मुख्य कलाकारहरुको जानकारी दिदै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । सुरावाती चरणमा व्हाइट हाउस भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल राजमहल राखिएको छ ।

    409817411_1102095117398564_9175421563791977960_n.jpg

    सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन । चलचित्रमा रमेश उप्रेती, सलोन बस्नेत मोडल तथा टिकटकर सिम्रन पन्त मुख्य भूमिकामा खेल्दै छन तथा सह नायिका रुपमा मिस पविले पनि यस चलचित्रबाट डेब्यु गर्दैछिन् ।

    करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो साता देखि अष्ट्रेलिया बाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ । सरोज खनाल , मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित , रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा , दिनेश सिग्देल , पूजा भण्डारी पनि यो चलचित्रका अन्य चारित्रिक भूमिकामा देखिदैछन पुरुषोत्तम प्रधानले खिच्ने चलचित्र मा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन ।

    393124817_899990524664227_925496233028178733_n.jpg

    ऋषि लामिछाने र शिवराज कार्कि कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सह- निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले (अष्ट्रेलिया) तर्फ बाट सहकार्य गरेका छन । कार्यक्रममा निर्देशक तोलाङ्गीले चलचित्रको कथालाई न्याय गर्ने गरि आफुले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आतुर रहेको बताइन । अभिनेता रमेश उप्रेती ले चाहिँ अहिले नै आफुले ठूलो कुरा न गर्ने फिल्मको छायांकन सकिएपछी सबिस्तार बोल्ने बताए । कार्यक्रममा राजदरबार को प्रसङ्ग निस्किदा नेपालको राज दरबारबार हत्याकाण्डको बिषयमा कलाकार हरुले फरक फरक मत राख्दा रमेश उप्रेती ले भने दरबार हत्याकाण्ड मा युबराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवा समेत गरेका छन ।

     
     
     
     

    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - २१:३८:५४ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology