आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख माथी

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख माथी

नागरिक पाटी

२५, जेठ २०७७
  • 9.9K
    SHARES
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख माथी


    काठमाण्डौ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख माथी पुगेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको वल्र्डओमिटरका अनुसार कोरोना भाइरसबाट चार लाख दुई हजार भन्दा धेरैको मृत्यु धएको छ ।

    images

    चीनको वुहानबाट शुरु भएर विश्वका दुइ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ६९ लाख ८२ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये ३४ लाख १३ हजार भन्दा धेरैले कोरोनालाई जितेर स्वास्थ्यलाभ गरेका छन् ।


    भारत कोरोना भाइरसबाट धेरै मानिस सङ्क्रमित भएका देशहरु मध्ये छैटौं नम्बरमा पुगेको छ । चीनबाट युरोप तथा अमेरिकाका देशहरुमा सङ्क्रमण फैलिदा निकै कम सङ्क्रमित मात्र भएको भारतमा पछिल्लो समयमा सङ्क्रमण ह्वात्तै बढेको हो ।

    आइतबार बिहानसम्ममा भारतमा दुई लाख ४७ हजार भन्दा धेरै मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय नाघेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १३:००:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology