आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

नागरिक पाटी

११, चैत्र २०७८
  • 5.9K
    SHARES
  • चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

    काठमाडौँ ।चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन्। उनी तीनदिनको औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन्।

    images

    उनी हाल दक्षिण एसियाली देशको भ्रमणमा छन्। पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेका वाङ भारत हुँदै नेपाल आउन लागेका हुन्।

    परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण हुन लागेको हो। वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

    वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन्।

    चिनियाँमन्त्री वाङ दिउँसो साढे तीन बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन्।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - ०७:३३:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology